ग्लोबल आइएमई लघुवित्तद्धारा ३ जना संचालक नियुक्त
११ पुष २०७८, आईतवार १४:४६
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालकहरु निर्वाचित गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले नयाँ ३ जना संचालकहरु निर्वाचित गरेको हो ।
कम्पनीको संचालकमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ग्लोबल आइएमई बैंक लिमिटेडका रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्विरोध निर्वाचित भएका हुन् ।
Hy