जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता

११ पुष २०७८, आईतवार १३:५७

काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो ।

बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा मध्य भोटेकोशीबाहेक अधिकांश लाइफ इन्स्योरेन्सहरु रहेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल), सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, एशिनयन लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। जसमध्ये अधिकांशको सर्किट लेभलमा कारोबार भइरहेको छ भने बाँकीको ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

यता निर्जीवन बीमा समूह पनि ७२९ बिन्दुले उकालो लागि सकेको छ । पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ ।

कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह उच्च अर्थात ९.०६ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा जीवन बीमा समूह ११०७.७४ अंकले बढेर १४ हजार ४२३ बिन्दुमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*