मानुषी लघुवित्तद्धारा बुकक्लोजको मिति तय, शेयरधनीलाई छैन लाभांश

११ पुष २०७८, आईतवार १०:१९

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तोकेको छ ।

कम्पनीले पुष २९ गते हुन लागेको तेस्रो वार्षिक साधारण सभा प्रयोजनको लागि पुष १८ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार पुष १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको लागि आप्mना शेयरधनीहरुलाई कुनै पनि बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छैन । जसअनुसार सो संस्थाका शेयरधनीहरुको हात रित्तो हुनेछ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुष २९ गते लहरीखर्क रिर्सोट, साँगा बनेपा–१४, काभ्रेपलाञ्चोकमा बस्नेगरी आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*