सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?

१० पुष २०७८, शनिबार १०:४९

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा उक्त लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*