२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

१० पुष २०७८, शनिबार १०:००

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २८.०१ प्रतिशतमा पुगेको छ। गत आवको पाँच महिनाको अवधिमा वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २२.१४ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।

चालु आवको साउनसम्ममा बैदेशिक रोगजार(म्यादी बीमा) सहित २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । म्यादी बीमा बाहेक २४.९९ प्रतिशतमा बीमाको पहुँच विस्तार भएको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले ले मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार पोलिसी बिकिै्रं गर्न सफल भएका छन् । गत वर्षको मंसिरको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १६.६८ प्रतिशतले बृद्धि भएर ५७ अर्ब ७९ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पनि २७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै,एक वर्षमा बीमा कम्पनीहरुको ९१९ वटा शाखा कार्यालय थप भएका छन् । चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीको कार्यालय संख्या ३ हजार ७५४ वटा रहेका छन् ।गत आवको यसै अवधिमा बीमा कम्पनीका कार्यालय संख्या २ हजार ८३५ वटा मात्रै थिए ।

चालु आवको मंसिर महिनासम्ममा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ९४७ रहेको छ ।गत आवको मंसिर मसान्तसम्मा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १० हजार ३९७ रहेको थियो ।

https://nib.gov.np/wp-content/uploads/2021/12/Monthly-Report-2078.79_Mangsir_Bb.pdf

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*