फरवार्ड माईक्रोफाइनान्स लघुवित्तको साधारण सभा ३० गते

९ पुष २०७८, शुक्रबार १८:१२

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय दुहवी सुनसरीमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको मनोनयन वा निर्वाचन गर्ने तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने “ख” समूहबाट २ जना संचालकहरुको निर्वाचन गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १६ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

2 thoughts on “फरवार्ड माईक्रोफाइनान्स लघुवित्तको साधारण सभा ३० गते

  1. Bishal kumar sah teli says:

    I wants to take job in this organisation.

  2. Man kumari dhami says:

    2 experience kisan laghubitta bittiya sanstha Limited

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*