नेरुडे र सपोर्ट लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?
काठमाडौं । नेरुडे लघुवित्त र सपोर्ट लघुवित्तको वार्षिक साधारण सभा भोलि (पुस १० गते) बस्दैछ ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभाहल बिराटनगर २ मा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडि लैजाने छ ।
त्यस्तै, गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गरेकाले मंसिर २३ गते बिहिबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार इटहरीमा बस्ने गरी आव्हान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनश शेयर र १ प्रतिशत ५७८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १ गते बुक क्लोेज गरेको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।