बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

९ पुष २०७८, शुक्रबार १६:१४

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको थियो ।

रिजाल निवर्तमान सञ्चालक किरण कुमार श्रेष्ठको स्थापनमा आएका हुन् । श्रेष्ठले गत असोजमा समितिको संचालक पदबाट राजिनामा दिएका थिए । चार जना सञ्चालक रहेको बीमा समितिमा अझै एक जना सञ्चालक नियुक्त हुन बाँकी छ । अन्य सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*