गभर्नरको हस्ताक्षर भएका ५ सय रुपैयाँको नयाँ नोट बजारमा

९ पुष २०७८, शुक्रबार १५:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजेदेखि ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने छ ।

बैंकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झ/ ४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट प्रचलनमा ल्याएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*