सहकारीका ग्राहकले सनराइज बैंकको कार्डमार्फत भुक्तानी गर्न पाउने

९ पुष २०७८, शुक्रबार १२:४६

काठमाडौं । सनराइज बैंकको भिसा डेविट कार्डमार्फत सहकारीका ग्राहकहरुले भुक्तानी गर्न पाउने भएका छन् । बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो ।

उक्त ब्यवस्थाका लागि बैंकले पायोनियर एसोसिएट्स, आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ । बैंकले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको हो । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*