जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा

९ पुष २०७८, शुक्रबार १२:०४

जनउत्थान सामुदायिक लघुवित्तले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे हुने छ ।

सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।सभाले यस लघुवित्त र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एकापसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्न संचालक समितिलाई नै अख्तिीयारी दिने निर्णय गरेको छ ।

सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*