उच्च लाभांश पारित प्रस्ताव सहित नबिल बैंकले साधारणसभा डाक्यो

९ पुष २०७८, शुक्रबार ११:४४

नबिल बैंकले पुस ३० गते शुक्रबार, ३७ औँ वार्षिक साधारणसभा डाकेको छ। गत आर्थिक बर्षको बैंकले मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सभा बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजे शुरु हुनेछ।

हाल कायम चुक्ता पूँजीको ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पूँजी १० अर्ब पुर्याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*