जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

९ पुष २०७८, शुक्रबार ११:३२

काठमाडौैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर बिक्री गर्न लागेको हो ।कम्पनीले प्रति शेयर मूल्य १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङ र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*