बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास

९ पुष २०७८, शुक्रबार ०७:३७

काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ ।

दाङ घर भएका सन्तोष रिजाल बीमितको कोटामा बीमा समितिको सञ्चालकमा नियुक्त भएका हुन् । अर्थशास्त्रका ज्ञाता रिजालसँग बीमितको हितमा काम गरेको अनुभव समेत छन् । युवा जोशका साथ बीमा क्षेत्रमा सकारात्मक सुधारका लागि प्रतिबद्ध सन्तोष रिजालको बीमा समिति प्रवेशसँगै वर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवालले गर्दै आएको माफिया परस्त कामहरुमा ब्रेक लाग्नेछ ।

पछिल्लो समय प्रधानमन्त्री पत्नी आरजुको आड भरोसामा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएर ठूलो रकम कमिशन कुम्ल्याएको सिलवालको उक्त कदम सचेत सच्चिने अपेक्षा गरिएको छ ।

सञ्चालक नियुक्तीसँगै बीमा समितिलाई प्रभावमा पारेर सेटिङ गर्ने माफियाहको दाह्रा र सिङ भाच्चिएको चर्चा चलेको छ । बिहिवार बीमा समितिमै पनि अब गलत काम रोकिने आशा पलाएको चर्चा चलेको थियो । उच्च व्यवस्थापकहरुले दरिलो अडान लिन नसकेका कारण बीमा समितिमा राजनीतिक हस्तक्षेप चरम रुपमा हुँदै आएको छ । नेपाल राष्ट्र बैंकमा छुन नसक्ने माफियाहरुले कमजोर व्यवस्थापनको मौका छोपेर बीमा समितिमा नयाँ लाईसेन्स बाँडेर करोडौं कुम्ल्याउन भन्दै दौडधुप गरिरहेका छन् । स्मरणरहोस्, यसअघि सूर्य सिलवाल अध्यक्ष भएर आउने वित्तिकै तीन अर्बभन्दा बढि घुस लिएर हिमालयन रि इन्स्योरेन्स नामक कम्पनीलाई लाईसेन्स दिइएको थियो । थर्मल गन तस्करलाई लाईसेन्स दिएको विषय अहिले पनि विवादमै छ ।

एक जना सञ्चालक रिक्त, अर्का सञ्चालकलाई झुक्याएर कीर्ते गरी गत मंसिर ९ गते सोही कम्पनीलाई छ अर्बको व्यवसाय ग्यारेन्टी गरे बापत थुप्रै पेटी कुलेश्वरतिर बाँडफाँड गरिएको चर्चा बीमा समितिमा सेलाउन नपाउँदै नयाँ सञ्चालक नियुक्त भएर आएपछि भ्रष्टाचारी र सेटिङकर्ताहरुमा छटपटी बढेको छ ।

हिजो थप सञ्चालकको नियुक्तीसँगै बीमा समितिको सञ्चालकको संख्या तीन जना पुगेको छ । जम्मा चार जना सञ्चालक रहने बीमा समितिको बोर्डमा अझै एक जनाको टुंगो लाग्न बाँकी छ अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने निवर्तमान सञ्चालक नारायण प्रसाद सापकोटाले सूर्य सिलवालको सेटिङ अनुसार हस्ताक्षर गर्न नमानेपछि प्रधानमन्त्री पत्नी आरजुसँगको सेटिङ प्रम कार्यालयको ठाडो आदेशमा बीमा समितिको सञ्चालक परिवर्तन गरिएको थियो । नयाँ बनेका सञ्चालकले कीर्ते हुने ठाउँमा सञ्चालक भएर कुनै हालतमा पनि नजाने अडान लिएपछि अर्थमन्त्रालय पुनः अर्को व्यक्तिलाई सञ्चालक बनाउने तयारी भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*