हिमालयन पावर पार्टनरको साधारण सभा पुष ३० मा, संचालक निर्वाचित गर्ने एजेण्डा

८ पुष २०७८, बिहीबार १७:०३

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते लैनचौर ब्याङक्वेट, लैनचौर काठमाडौंमा बिहिान ९ बजे बस्नेगरी आह्वान गरेको हो ।

उक्त सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम २ लाख ७१ हजार रुपैयाँलाई अनुमोदन गरि पारित गर्नेछ । साथै चुक्तापूँजी र संचित मुनाफाभन्दा बढी हुने गरि लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र असार मसान्तसम्मको वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धि अनुसूचिहरु छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमि निर्धारण गर्ने र संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना र १ जना स्वतन्त्र संचालक निर्वाचित गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १८ गते बुकक्लोजको मिति तोकेको छ । यसथै पुष १७ गतेसम्म कायम शेयधरनीहरुल मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*