मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ५८ अर्ब रुपैयाँ, कुनले कति कमाए ?

८ पुष २०७८, बिहीबार १६:१६

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा पौने ५८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।हाल संचालनमा रहेका ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले १५ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । मंसिर महिनामा दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले मंसिर महिनासम्ममा ६ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, चौथोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाल मंसिर मसान्तसम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*