सिद्धार्थ बैंकले ल्यायो क्यासब्याक योजना, १५ प्रतिशतसम्मको सुविधा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप प्रोत्साहन गर्न क्यासब्याज योजना ल्याएको छ । बैंकले डिजिटल कारोबार गर्ने ग्राहकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
बैंकले पुस ७ गतेदेखी लागू हुनेगरी सार्वजनिक गरेको यस योजनामा ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा बैंकले ल्याएको उक्त योजना अन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ मार्फत कारोबार गर्दा पाचौँ कारोबार रकमको ५ प्रतिशत वा अधिकतम १०० रुपैयाँ, दसौँ कारोबार रकमको १० प्रतिशत वा अधिकतम १५० रुपैयाँ र पन्ध्रौंं कारोबार रकमको १५ प्रतिशत वा अधिकतम २५० रुपैयाँ नगद क्यासब्याक पाउन सक्नेछ ।