सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पौडलको कार्यकाल पुनः थप, समितिबाट स्वीकृत आउन बाँकि

८ पुष २०७८, बिहीबार १३:३८

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडलको कार्यकाल पुनः थप भएको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन चार बर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यअवधि यहि महिनामा सकिने भएसँगै कम्पनीको बोर्डको बैठकले पुन :थप गरेको हो । कम्पनीको संचालक समितिको पारित गरेको निर्णय बीमा समितिमा पेश गरिसकेको कम्पनीले जनाएको छ ।

बीमा समितिले स्वीकृती दिएसँगै उनको कार्यअवधि थप हुन्छ । यद्यपी एउटा कम्पनीमा सिईओले दुई कार्यकालसम्म बस्न पाउने प्रावधान रहेको छ ।यसअघि मेट लाइफमा कार्यभार समालिसकेका पौडेलसँग बीमा क्षेत्रको राम्रो अनुभव समेत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*