सुन तोलामा ७ सय रुपैयाँले वृद्धि
८ पुष २०७८, बिहीबार ११:२३
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।