चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ पुष २०७८, बिहीबार ११:२१

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त, बुटवल पावर कम्पनी र सूर्या लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ९ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

उक्त कम्पनीहरुको वितरण गर्ने लाभांश प्राप्त गर्न पुस ८ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

ज्योति विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते चौधौँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी सूर्या लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुष १९ गते तेह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २६ गते साधारण सभा बोलाएको छ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र यी चार कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*