नारायणी डेभलपमेन्ट बैंकले बोलायो २०औं एजिएम, यस्ता छन् एजेण्डा

८ पुष २०७८, बिहीबार ११:०७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ११ः३० बजे होटल सेन्ट्रल पार्क सौराहा चितवनमा भौतिक र भर्चुअल माध्यमबाट गर्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले हाल कायम चूक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न प्रक्रिया शुरुवात भईसकेको र उक्त शेयर जारी भएपश्चात कायम हुने शेयर चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६ सयको पुन १ः१ अनुपातमा हकप्रद शेयरका लागि नेपाल राष्ट्र बैंकबाट सहति प्राप्त भएपश्चात नियमनकारी निकायबाट स्वीकृती लिई आवश्यक प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारितका गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नछ । त्यस्तै संचालक नियुक्ति अनुमोदन र संचालक समितिका पदाधिकारीको बैंठक भत्ता तथा सुविधा निर्धारण गर्न कार्य सूचि समेत रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*