२५ प्रतिशत लाभांश पारितका लागि मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

८ पुष २०७८, बिहीबार १०:४८

काठमाडौं । मिथिल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त सभा पुष २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका–१० लालगढ, धनुषमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।

कम्पनीको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने र आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी जिनको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १९ गते एक दिन बुकक्लोज गर्नेछ । सो अनुसार पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*