मिर्मिरे लघुवित्तको साधारण सभा पुष २९ गते, के–के छन् एजेण्डा ?

८ पुष २०७८, बिहीबार १०:१४

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने।गाभिने (मर्जर हुने) सन्दर्भमा संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तिरायी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफव गरी पारित गर्ने, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण लगायत सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिबाट गरिएको दुई जना संचालक नियुक्तिको अनुमोदन गर्ने उक्त सभोका एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १९ गतेदेखि पुष २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*