४६ प्रतिशत लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले डाक्यो सभा, बुकक्लोज कहिले ?

८ पुष २०७८, बिहीबार १०:०१

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल ४६ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह जस्ता विवरण छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने उक्त सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सभामा उपस्थित हुन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन पुष १४ गतेसम्म कायम हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*