मेगा बैंकको नगद लाभांश शेयरधनीको खातामा

८ पुष २०७८, बिहीबार ०९:२४

काठमाडौं । मेगा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले ११औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेबमोजिम उक्त नगद लाभांश शेयरधनीहरुको हितग्राही अद्यावधिक गराएका बैंक खातामा जम्मा गरिदिएको हो ।

साथै बैंकले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*