आइसिएफसि फाइनान्सद्धारा शेयरधनीको खातामा नगद लाभांश जम्मा

८ पुष २०७८, बिहीबार ०९:१४

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले आव २०७७।०७८ को लागि कम्पनीका शेयरधनीहरुलाई ४ प्रतिशत (कर सहित) का दरले नगद लाभांश जम्मा गरिदिएको हो ।

कम्पनीले उक्त नगद लाभांश हितग्राही खाता बैंक खातामा अद्यावधिक गराएका शेयरधनीहरुको खातामा पुष ५ गतेदेखि आइपिएसमार्फत जम्मा गरिदिएको हो ।

साथै हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई कम्पनीले अद्यावधिक गर्न आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*