सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

७ पुष २०७८, बुधबार १६:५५

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीको आवश्यकता रहेको जनाएको हो ।

कम्पनीले डेपुटी म्यानेजर।असिस्टेन्ट म्यानेजर(क्लेइम), हेड रिस्क एण्ड कम्प्लियन्स, अफिसर (रिइन्स्योरेन्स), अफिसर।जुनियर अफिसर(एचआर एडमिनिस्टे«ट) र अफिसर।जुनियर अफिसर (लिगल) मा एक–एक जना कर्मचारी माग गरेको छ ।

साथै असिस्टेन्ट टु अफिसर लेभल (क्लेइम), जुनियर अफिसर।अफिसर।सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर (मार्केटिङ) र ट्रेइनी डेभलपमेन्ट अफिसर।डेभलपमेन्ट अफिसर।सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) मा केही संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले उक्त पदहरुका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष १४ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट https://online.sagarmathainsurance.com.np/career  मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*