प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध हुने पहिलो निर्जिवन बीमा कम्पनी

७ पुष २०७८, बुधबार १६:३९

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने पहिलो निर्जिवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भेयर शुल्क, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो खाता भएका बैंक खाताहरुबाट सोझै रकमान्तर गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी ल्एक्ष् मा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । ल्एक्ष् सँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको कयातधबचभ पार्टनर अरहान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी र्जिवन तथा निर्जिवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत भुक्तानी गर्दै आएका छन् । साथै ७ र्जिवन बीमा कम्पनीहरु यस अघि नै ल्एक्ष् मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोे ल्एक्ष् सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्ठित व्यवसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापना गरिएको क्ष्क्इ सर्टिफाइड र्निजीवन बीमा कम्पनी हो । सदैव आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको प्रिमियर इन्स्योरेन्सले नयाँ र पृथक प्रोडक्टहरुद्वारा गुणास्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै एनसीएचएलसँगको यस साझेदारीले डिजिटल माध्यमबाट बीमा सेवाहरु ग्राहकहरु समक्ष पुर्याउनमा विशेष मद्दत पुग्ने अपेक्षा गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*