नेप्सेद्धारा क्रियटिभ सेक्युरिटिजलाई यस्तो निर्देशन

७ पुष २०७८, बुधबार १६:०३

नेप्सेले ब्रोकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएको छ ।नेप्सेले क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हो।

उक्त समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत नेप्सेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*