मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २८ गते, १४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

७ पुष २०७८, बुधबार १५:५३

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रनितिधित्व गर्ने ३ जना संचालकहरु निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजका लागि पुष १४ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*