७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

७ पुष २०७८, बुधबार १५:२१

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्से परिसूचक झण्डै सय अंकले बढ्दा साढे ४ अर्ब माथिको कारोबार हुन पुगेको छ ।

नेप्से ३.८२ प्रतिशतले बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । नेप्सेमा सूचिकृत २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा साढे ४ अर्ब माथिको कारोबार हुँदा सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी, शिवम् सिमेन्ट्स, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स र आरएसडिसी लघुवित्त रहेका छन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ९.३८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.२८ प्रतिशत र यूनियन लाइपफ इन्स्योरेन्सको ९.०७ प्रतिशत अंकले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*