लाभांश घोषणा गरेसँगै एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

७ पुष २०७८, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको छ ।

निरन्तर गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ ।

लगातार घटेको शेयरबजारमा आज नेप्से परिसूचक ९२.१६ अंकले बढ्दा सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीले आज शतप्रतिशत लाभांश दिने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज एकैदिन ६८ करोड ३४ लाख ५० हजार ६५२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपर तामाकोशीको १५ करोड ८२ लाख, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख, गोर्खाज फाइनान्सको १३ करोड ३७ लाख र नबिल बैंकको ११ करोड ७८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*