नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

७ पुष २०७८, बुधबार ०८:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै यी चार कम्पनीको शेयरमूल्य नेप्सेले समायोजन गरेको हो ।

छिमेक लघुवित्तले २७ प्रतिशत, गणपति लघुवित्तले १९ प्रतिशत, एनएमबि बैंकले १२.५० प्रतिशत र नेपाल एसबिआई बैंकले ३.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै यी चार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

छिमेकको अघिल्लो दिन कायम १५७४ रुपैयाँ ९० पैसा, गणपतिको १३९८ रुपैयाँ, एनएमबिको ३७८ रुपैयाँ ४० पैसा र नेपाल एसबिआईको ३५६ रुपैयाँ ९० पैसाका आधारमा नेप्सले बोसन शेयर वितरणपछिको शेयरमूल्य क्रमशः १२४० रुपैयाँ ८ पैसा, ११७४ रुपैयाँ ७९ पैसा, ३३६ रुपैयाँ ३६ पैसा र ३४४ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*