जनरल इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारी हराएको ६ दिनपछि हेटौडामा भेटिए

६ पुष २०७८, मंगलवार २२:४०

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका एक जना उच्च अधिकारी (नाम गोप्य राखिएको) कम्पनी र परिवारको सम्पर्कबाट हराएको ६ दिनपछि हिजो हेटौडामा फेला परेका छन् । कम्पनी स्रोतका अनुसार ति उच्च अधिकारी कम्पनी र घर परिवारलाई समेत थाहै नदिई सम्पर्क बाहिर रहेका थिए ।

आफन्तले टेलिफोन गर्दा कार्यालयको कामको सिलसिलामा बाहिर रहेको बताउँदै आएका थिए । चारदिनसम्म खुलेर कुराकानी नगरेको, शंकास्पद व्यवहार गरेका ति कर्मचारीका आफन्त उनलाई खोज्दै जनरल इन्स्योरेन्स कम्पनीको हात्तिसारस्थित कार्यालयमा पुगेका थिए ।

कार्यालयमा पुग्दा ति उच्च कर्मचारी एचआर (प्रशासन विभाग) लाई समेत खवर नगरी सम्पर्क विहिन भएको पत्तो लगाए । त्यसपछि कम्पनी र परिवारका सदस्यहरुले अत्तालिँदै खोजी सुरु गरेका थिए । दिनभरिको खोजी कार्य पश्चात जनरल इन्स्योरेन्स कम्पनीका ति उच्च अधिकारी हेटौडामा फेला परे ।

हेटौडामा भेटिएका उनले आफू त्यतिकै अलमलिएर हेटौडा आईपुगेको जानकारी गराएको स्रोतले जनाएको छ । उनको साथमाा अर्का एक व्यक्ति समेत रहेका थिए । उनी असम्बन्धित व्यक्तिसँग असामान्य अवस्थामा फेला परेको जनाइएको छ । यद्यपि सो सम्बन्धमा कम्पनीले केही बताउन चाहेको छैन । जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले ति उच्च तहका कर्मचारी छ दिनसम्म हराएको र हेटौडामा फेला परेको सम्बन्धमा कुनै जवाफ दिएनन् भने एचआर प्रमुख रेमिना मानन्धर पनि सम्पर्क आउन चाहिनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*