धरापमा देशको अर्थतन्त्र, तनावमा बैंक, शेयर बजारमा लगानीकर्ताको खर्बौ रकम जोखिममा

६ पुष २०७८, मंगलवार १७:१६

काठमाडौं । वित्तिय सूचांक र बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले देशको अर्थतन्त्र गम्भिर र चिन्ताजनक अवस्थाको चित्र मात्रै कोरिएको छैन, अत्यन्तै विवेकपूर्ण, सुझबुझपूर्ण र निर्मम बन्न नसकेको अवस्थामा कुनै पनि बेला अप्ठेरो अवस्था आउन सक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देशको समग्र अर्थतन्त्र निराशाजनक अवस्थाको चित्र कोरेको छ । शोधान्तरणस्थित डेड खर्बभन्दा बढिले घाटामा रहेको छ भने विदेशी मुद्रा आम्दानी पनि उल्लेख्य मात्रामा घटेको छ । पछिल्लो चार महिनाको तथ्याङ्कमा चालु खाता दुई खर्ब २३ अर्ब रुपैयाँले घाटामा रहेको छ भने विदेशी मुद्रा संचिती ४० प्रतिशतले घटेर करिब १६ खर्बबाट घटेर ११ खर्बमा झरेको छ ।

देशको समग्र आर्थिक सूचांकहरु दयनीय बन्दै गर्दा नेपालको अर्थतन्त्रमा अर्को डरलाग्दो संकेत देखिएको छ । सिंगो बैंकिङ सिष्टम कोल्याप्स भएको छ । घोषित रुपमा हेर्दा बैंकहरुले भटाभट काम गरिहरका छन्, दुई÷चार लाख रुपैयाँ माग्दा जाँदा भुक्तानी दिइनै रहेका छन् । तर, १० लाख रुपैयाँको चेक बोकेर पाँच जना बैंकमा लाइन बसे भने शाखादेखि केन्द्रीय कार्यालयसम्मकै सातो उड्ने अवस्था छ । अर्थात नेपाली बैंकिङ क्षेत्रमा तरलता अभाव पीडादायी अवस्थामा छ ।

बैंकबाट ऋण लिएर घर बनाउँदै गरेकाहरुको काम रोकिएको छ । उद्योग कलकारखाना विस्तारको काम ठप्प छ र कच्चा पदार्थ आयातको खर्च धान्न नसक्ने अवस्थमा मुलुक पुगेको छ । बैंकमा तरलता अभावको असर विकासका आयोजनाहरुमा परेको छ । पुँजिगत खर्च बढाउनुपर्ने दवावमा रहेको सरकार तरलता अभाव झेलिरहेको छ । बैंकमा जम्मा भएको निक्षेप लिन जाँदा नपाउने अवस्था कुनै पनि दिन दिन आउन सक्ने देखिएको छ ।

तरलता अभावकै कारण अधिकांश बैकका सिईओहरु जीवनकै ठूलो तनाव झेलिरहेका छन् । स्वीकृत भएको तथा जग्गा नै रोक्का गरिसकेका ऋणहरु समेत प्रवाह नसकेपछि बैंकका कर्मचारीमाथि चर्को दवाव बढिरहेको छ । तरलता अभाव टार्न बैंकहरुले केन्द्रीय बैंकबाट दैनिक आधा खर्बको दरले एसएलएफ सुविधा लिएर काम चलाउँदै आएका छन् ।
देशको अर्थतन्त्र धरापमा पर्दै जाँदा भने शेयर बजारमा भने नाफा कमाउन पाइन भन्दै कोकोहोलो मच्चाउने काम भइरहेको छ । देशको अर्थतन्त्र गम्भिर बन्दै जादा नेपाली शेयर बजारको आगामी यात्रा के होला ? आम चासोको बिषय बनेको छ । ठूलो माफियाहरु शेयर बजारका विज्ञहरु हायर गरेर शेयर खरिद बिक्री गर्ने गर्दछन् भने गरिब र न्यून आय भएका तथा मध्यम बर्गीय लगानीकर्ताहरु लहैलहैमा लागेर शेयर खरिद बिक्री गर्ने हुँदा अहिलेको संवदनशिल अवस्थामा नवप्रवेशी लगानीकर्ता, पर्याप्त ज्ञान नभएको लगानीकर्ताहरु फस्ने सम्भावना छ । मुख्य रुपमा विदेशमा रहेर नेपालमा खाता खोलेर लाखौं रुपैयाँको शेयर किनेका लगानीकर्ताहरु यतिबेला फस्ने र डुब्ने खतरा बढेको छ ।

शेयर लगानीकर्ताहरुले अहिलेको देशको आर्थिक अवस्था, आफूले शेयर किन्ने कम्पनीको वित्तिय अवस्था समेतलाई ध्यान दिएर शेयर खरिद बिक्री गर्न चुक्नु हुँदैन । शेयर कारोबार नगर्ने तर किनेर राख्ने र असारमा रोपेको धान तीन महिनापछि २० मुरी फल्छ भन्दै धमाधम लगानी गर्नेहरु फस्ने सम्भावना बढि हुन्छ । त्यसैले शेयर बजारको भविष्यबारे विश्लेषण गर्नु, भविष्यवाणी गरेको कुरा सत्य हुँदैन । देशको अवस्थासँग देश बजारको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले यी सबै कुराहरु विश्लेषण गरेर मात्रै शेयर बजारमा कारोबार गर्नु उत्तम हुनेछ ।

शेयर बजार घट्ने भनेर अत्तालिएर शेयर बिक्री गर्ने कार्यले अहिलेको तरल अवस्थाको पुँजि बजारमा झनै संकट आउनेतर्फ लगानीकर्ताहरु आफै सचेत हुनुपर्ने देखिएको छ । लगानीकर्ताहरुले सचेततापूर्वक आफ्ना शेयर कारोबारहरु व्यवस्थित गर्न नसकेमा देशको बिग्रदो अर्थतन्त्रसँगै सिंगो शेयर बजार धरापमा पर्छ भने लगानीकर्ताहरुको आर्थिक प्रणाली पनि धरापमा पर्नेतर्फ सचेत हुनु जरुरी हुन्छ ।

यद्यपि सरकारले हिजो गरेको निर्णयले केहीहदसम्म समस्याको समाधान गरेपनि दीर्घकालिन निदान गर्न नसक्ने देखिएको छ । आयातमा मार्जिन अनिवार्य गर्ने व्यवस्थाले माफियालाई नै फाइदा पुग्ने विश्लेषण समेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*