थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
६ पुष २०७८, मंगलवार १६:२७
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गर्दा २५२ जनामा र ४ हजार ६१६ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने २३२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।