सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी

६ पुष २०७८, मंगलवार १६:०७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं.३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ विमांक र किरिया खर्च तथा अन्य खर्च वापत १ लाख रुपैयाँ गरी जम्मा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

स्व. झाक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत रहेको र निजको नेपाल आएको समयमा कारडियो – प्लुमनरी अरेस्टबाट मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्व. धन बहादुर झाँक्रीको श्रीमती कविता राना झाँक्रीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।

रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसाल विभिन्न वार्डका वडाध्यक्ष, सन नेपाल लाईफका अभिकर्ताहरु, रेसुङ्गा नगरपालिका स्थानिय र कम्पनीका कर्मचारीहरुको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।
प्रमुख डिल्लीराज भुसालले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।
देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५/२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु नपर्ने स्थिति सिर्जना हुने कुरा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*