राष्ट्र बैकको नयाँ निर्देशनसँगै शेयर बजारमा ५६ अंकको सुधार, सबै उपसूचक हरीयाली

६ पुष २०७८, मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज ५६.७३ अंकको बृद्धि भएको छ । नेपालको अर्थव्यवस्था र बैकिङ प्रणालीमा देखिएको तरलता कमीको कारण शेयर बजार क्रमशः ओरालो लागेकोमा आज लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ ।

नेप्से परिसूचक २.४१ प्रतिशतले बृद्धि भएर २४१५.५५ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहमा २०६ रुपैयाँ र निर्जीबन बीमा समूहमा २०४ रुपैयाँको बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक हुने कम्पनीमा हिमालयन डिस्टीलरी रहेको छ । सो कम्पनीको आज एकैदिन १४ करोड ५८ लाख भन्दा माथिको कारोबार भएको हो । साथै आज ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*