तीन हाइड्रोपावर कम्पनीले डाक्यो साधारण सभा

६ पुष २०७८, मंगलवार ११:०५

काठमाडौं । तीन वटा हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । युनियन हाइड्रोपावर लिमिटेडको १५ औं, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौंथो, पाचौं तथा छैठौं र हिम पर्वत हाइड्रोपावर लिमिटेडले वार्षिक साधाराण सभा आव्हान गरेको हो ।

युनियन हाइड्रोपावर
युनियन हाइड्रोपावर कम्पनीले १५ औं वार्षिक साधारण सभा पुस २७ गते बिहान ११ बजे धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा भर्चुल माध्यमबाट बस्ने गरी बोलाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पञ्चकन्या माई हाईड्रोपावर
पञ्चकन्या माई हाईड्रोपावरले तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौथो, पाँचौ तथा छैठौ वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कुपण्डोल ब्याङ्क्वेट कुपण्डोल ललितपुरमा भर्चुअल माध्यमबाट बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नेछ ।

साथै उक्त सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक निर्वाचन वा मनोनयन गर्न कार्य सूचि समेत रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

हिम पर्वत हाइड्रोपावर
हिम पर्वत हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालयमा बस्ने गरी आव्हान हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नछ ।

साथै संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना तथा १ जना स्वतन्त्र संचालक नियुक्ति गर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*