माओवादी केन्द्रमा पहिलो पटक निर्वाचनमार्फत नेता चुनियो, बागमति प्रदेशमा सरल सहयात्री बिजयी

६ पुष २०७८, मंगलवार १०:३५

काठमाडौं । माओवादी केन्द्रको बागमति प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हिजो अबेर भएको निर्वाचनमा सरल सहयात्रीको टिम बिजयी भएकोे छ । प्रत्यासी दिननाथ गौतमको टिमलाई पराजित गर्दै सरल सहयात्री पौडेलले बिजय हात पारेका हुन् । माओवादीमा पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । माओवादी केन्द्र कम्युनिष्ट पार्टी भएकोले जनवादी केन्द्रीयताको अभ्यास अन्तर्गत सर्वसम्मत रुपमा नेतृत्व चयन गरिँदै आएको थियो ।

माओवादीमा पहिलो पटक लोकतान्त्रिक विधिमार्फत निर्वाचनबाट नेतृत्व चयन गरिएको भन्दै पार्टीभित्र र पार्टी बाहिर समेत बागमति प्रदेशको निर्वाचनको चर्चा भइरहेको छ ।

प्रदेश अध्यक्ष बनेको पौडेल जनयुद्धका सैन्य कमाण्डर समेत हुन् । निर्वाचनबाट बागमति प्रदेश उपाध्यक्षमा रुपा महर्जन (काठमाण्डौं,बेपत्ता परिवार), प्रेम बहादुर पुलामी ‘छिन्तु’ (मकवानपुर) र रामप्रसाद ढुङ्गाना (नुवाकोट) बिजयी भएका छन् । त्यस्तै, सचिव ः इन्द्र बहादुर थिङ ’छिन्ताङ’ (काभ्रे), सह सचिवमा दल बहादुर बुर्लाकोटी ‘बिजय’ (धादिङ), माधव लामिछाने ‘समिर’ (रसुवा) र प्रकाश श्रेष्ठ (सिन्धुली) बिजय भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा संगिता भट्टराई (चितवन– सहिद परिवार) निर्वाचित भएको सो पार्टीले जनाएको छ ।
बागमति प्रदेशमा निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रचण्डको प्रयास असफल भएपछि हिजो निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*