समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा

६ पुष २०७८, मंगलवार १०:१३

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा उक्त खरिद नभएको शेयर कम्पनीले पुनः लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने जुनसुकै व्यक्तिले १५ दिनभित्र न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

आवेदकले उल्लेखि सबै कित्ता वा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ । उक्त शेयर खरिद गर्नका लागि आवेदकले सम्पूर्ण विवरण खुलाई आवश्यक कागजातसहित कम्पनीको केन्द्रिय कार्यालय हेटौंडा, मकवानपुरमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*