आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

५ पुष २०७८, सोमबार १७:४१

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा आयोजना गरिने उक्त अवार्ड शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीको कर्पोरेट क्लबमा पर्न सफल २ सय जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडिआरटी मा योग्य अभिकर्ता, अभिकर्ता विभिन्न विधाद्धारा चुनिएका उत्कृष्ट शाखा कर्मचारीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा आइएमई गु्रपका म्यानेजिंग डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल, ब्राण्ड एम्बासेडर मनीषा कोइराला र ३०० भन्दा बढी अभिकर्ताहरु सहभागि रहेका थिए ।

One thought on “आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

  1. Yamnath dahal says:

    Great

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*