अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न भुक्तानी प्रदायक संस्थालाई राष्ट्र बैंकको निर्देशन

५ पुष २०७८, सोमबार १५:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुका लागि नयाँ निर्देशिका ल्याएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई पेमेन्ट कार्ड इन्टिस्टी– पिसिआई, ईएमभि कन्ट्याकलेस स्टान्डर्ड जस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्न निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*