मुक्तिनाथ विकास बैंकद्धारा लेखापरीक्षक नियुक्त

५ पुष २०७८, सोमबार १३:५९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

बैंकको मंसिर २५ गते सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

लेखापरीक्षण समितिका संयोजक गजेन्द्रमान श्रेष्ठले प्रस्ताव गरेबमोजिम एकाउन्टेन्ट्सलाई नियुक्त गरी लेखा परिक्षण शुल्क एलएफआर शुल्क तथा यातायात, बास, खाना खर्च र मु.अ. कर सहित एकमुष्ट १५ लाख पारिश्रमिक प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*