गुराँस लाइफद्वारा ७ जना प्रदेश प्रमुखलाई कारवाही !

५ पुष २०७८, सोमबार १२:१३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सात प्रदेशको जिम्मवारी दिएकाहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएको खुलेको छ । उनीहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएकोमा गत शुक्रबार मिलापत्र गरिएको खुलेको छ ।

शाखा प्रमुख भइसकेका व्यक्तिहरुलाई शाखामा सरुवा गर्नुको कारणबारे कम्पनीले कुनै प्रष्टिरकण दिएको छैन । बीमापोष्टलाई प्राप्त सूचना अनुसार सात वटै प्रदेशमा प्रमुखको जिम्मेवारीमा रहेकाहरुलाई शाखामा सरुवा गरिएको हो । कर्मचारीहरुको तहगत व्यवस्था अनुसार प्रदेशबाट शाखामा सरुवा गरिनु कारवाही भएको बैक तथा वित्तिय संस्था कर्मचारी संघले जनाएको छ ।

संघका उपाध्यक्ष तथा बीमा समिति कर्मचारी संघका अध्यक्ष पूर्ण थापाले समान तलव र सुविधा दिएसम्म कारवाही नै भन्न नमिल्ने बताए । उनले तोकिएको जिम्मेवारी पनि कर्मचारीहरुको लागि महत्वपूर्ण हुने हुँदा जिम्मेवारीमा घटुवा गर्दा कर्मचारीको व्यक्तित्व विकासमा असर पर्नुको साथै क्षमता विकास रोकिने बताउँछन् ।

पीडित कर्मचारीहरुले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी समक्ष तत्काल पुनर्बहाली गर्न माग गरेपछि गत शुक्रबार उक्त निर्णय फिर्ता लिइएको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार सातै जना प्रदेश प्रमुखहरुले कुनै गलत काम गरेर कारवाही गरेको नभई एलआईसी नेपालबाट एक तह बढुवा भई सिईओ बन्न आएका विपिन कुमार लालले कर्मचारीको तहगत व्यवस्थाबारे जानकारी नहुँदा त्यसरी प्रदेश प्रमुखलाई शाखामा सुरुवा गएिको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*