बोटलर्स नेपाल र तराईले कहिले गर्दैछ साधारण सभा ?

५ पुष २०७८, सोमबार १२:११

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बोटलर्स नेपाल लिमिटेडले ४३ औं र बोटलर्स नेपाल (तराई) लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

यी दुई कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बोटलर्स नेपाल (तराई) को बिहान ११ बजे र बोटलर्स नेपालको बेलुका ४ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

बोटलर्स नेपाल लिमिटेडको ४३ औं सभाले गत आवको असार ३१ सम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरिक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने, गत आवको वार्षिक प्रतिवेनद उपर छलफल गरी पारित गर्ने, एक जना स्वतन्त्र संचालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्ने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई) लिमिटेडको ३५ औं साधारण सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा आय विवरण, नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयर दाखिला किताब बन्द (बुकक्लोज) पुष २१ गतेदेखि पुष २८ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार पुष २० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*