जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

११ पुष २०७८, आईतवार १४:४१

काठमाडौं । पछिल्लो समय जन्मदिन वा अन्य शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै छ। यसले भावि जीवनको जोखिमलाई सुरक्षण गर्दै उज्जवल भविष्यको लागि समेत सहयोग गर्ने हुँदा यस्ता शुभ अवसरहरुमा बीमा पोलिसी दिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ ।

यसै क्रममा टिकापुर नगरपालीका वार्ड नं ०१ निवासी केशर खत्रीले आफ्नो सुपुत्र गणेश खत्री को जन्म दिनको अवसरमा फजुल खर्चन गरेर आफ्नो र आफ्नो बच्चाको उज्ज्वल भबिष्यको लागि एलआईसी (नेपाल) लिमीटेड का जीवन बिमा पोलिसी लिई जन्मदिन मनाएका छन् ।

केशर खत्रीले कम्पनीका टिकापुर शाखाकी सिनीयर एजेन्सी म्यानेजर इन्दिरा अर्याल ज्ञवाली ्लाई धन्यवाद दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*