खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा

५ पुष २०७८, सोमबार १०:५७

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षका बासलात, नाफा, नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सम्बन्धित अनुसूचि समेत पारित गर्नेछ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*