नयाँ सारथी लघुवित्तको का.मु. सिइओको जिम्मेवारी सरोज घिमिरेलाई
५ पुष २०७८, सोमबार १०:४४
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारी दिइएको हो ।