अर्बौ भ्याट छलीको आशंकामा समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागको छापा

४ पुष २०७८, आईतवार २०:५७

काठमाडौं । अर्बौ रुपैयाँ कर छलीको आशंकामा काठमाडौंको पुरानो बानेश्वरस्थित सामानान्तर कन्ट्रक्सनकोकार्यालयमा शुक्रबार राजस्व अनुसन्धान विभागले छापा मारेको खुुलेको छ । अर्थतन्त्र सम्बन्धी समाचार संस्था आर्थिक न्यूजका अनुसार समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागका प्रमुखकै निर्देशनमा छापा मारिएको हो ।

सेटिङमा सरकारी भवनहरुको ठेक्का लिई काम गर्दै आएको समानान्तर कन्ट्रक्सन अच्युत प्रसाद खरेलले २०५१ सालमा स्थापना गरेको कम्पनी हो । सो कम्पनीले अर्बौ रुपैयाँ आयकर छली तथा नक्कली भ्याटबिल प्रयोग गरेको सूचनाका आधारमा विभागले छापा मारी कागजपत्र नियन्त्रणमा लिएको थियो । ६० अर्बको काम चालु रहेको र यसअघि बीसौं अर्बको ठेक्का लिएको समानान्तर कन्ट्रक्सनमाथि आयकर छली गरेको प्रकरणमा बिभागले अनुसन्धान गरेपछि आयोजनाहरुको भविष्यमाथि प्रश्न चन्ह उठेको छ ।

समानान्तर कन्ट्रक्सनको करिब ६० अर्ब रुपैयाँको भवनका कामहरु सञ्चालनमा रहेको जनाइएको छ । नेपाल सरकारको मन्त्रालय, विभाग र विभाग तथा डिभिजन कार्यालयका प्रमुखसँग सेटिङ गरी ठेक्का लिंदैआएको समानान्तरले प्रतिस्पर्धालाई पूर्णतया निषेध गर्ने गरेको छ । पत्रिकामा टेण्डरको सूचना प्रकाशन गरी उक्त सूचना लुकाई राज्यलाई अरबौं घाटा पार्ने काम हुँदै आएको छ ।

समानान्तर कन्ट्रक्सनमा भएको आयकर छलीको विवरण कर राजश्व अनुसन्धान विभागले सार्वजनिक गरेको छैन । नक्कली भ्याट बिल समेत प्रयोग गरेको भेटिएको जनाइएको छ ।

One thought on “अर्बौ भ्याट छलीको आशंकामा समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागको छापा

  1. Russel Jorgenson says:

    hello i am brazil, this is very nice website.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*